site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नूर–गंगा प्रतिभा पुरस्कार’को घोषणा

काठमाडौं । ०८० सालको नूर–गंगा प्रतिभा पुरस्कार पाँच प्रतिभालाई दिइने भएको छ । गुठीको हालै बसेको साधारणसभाले बालसाहित्य र लोकगीत गायनका क्षेत्रमा योगदान गर्ने पाँच प्रतिभालाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

गुठी प्रबन्ध समितिका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा बसेको सभाले नेपाली बालसाहित्यका क्षेत्रमा योगदान पुर्‍याउने रामबाबु सुवेदी (कास्की) र रामकुमार पाँडे (काठमाडौं)लाई ‘नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ जनही ५० हजार रुपैयाँ प्रदान गरिने पनि गुठीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, ‘नूर–गंगा क्षेत्रीय स्थापित लोकगायन पुरस्कार’ नगद राशि ३० हजार रुपैयाँसहित रूपन्देहीका डिल्लीनारायण पाण्डेलाई, ‘नूर–गंगा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार’ नगद राशि २५ हजारसहित म्याग्दीका प्रकाश दुतराजलाई र ‘नूर–गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ नगद राशि २० हजारसहित रूपन्देहीका सागर पौडेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ ।

घोषित पुरस्कारहरू आउँदो चैतमा प्रदान गरिने गुठीले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्