site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नोट छाप्न राष्ट्र बैंकले प्रारम्भिक चरणमा छान्यो यी ६ कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंक नोट डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि प्रारम्भिक चरणमा ६ वटा कम्पनी छानेको छ ।

राष्ट्र बैंकले गत जनवरी १० मा एक सूचना प्रकाशित गर्दै बैंक नोट छाप्ने प्रतिस्पर्धामा सामेल हुन आवेदन आह्वान गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रारम्भिक चरणमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रु इन्टरनेसन लिमिटेड, जर्मनीको गिसेके प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबर्थर फिडुसियायर एसएमएस र पोल्याण्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस् (पीडब्ल्यूपीडब्ल्यूएसए) रहेका छन् ।

यी कम्पनी प्रारम्भिक चरणमा छनोटमा परेको राष्ट्र बैंकले जनाएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्