site stats
बाह्रखरी :: Baahrakhari
देश
ममाथिको आरोपको अनुसन्धान होस् : संग्रौला

काठमाडौं । प्रा. डा. युवराज संग्रौलाले आफूमाथिको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आइतबार (चैत ३) काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

आफूलाई लगाइएको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको उनले उल्लेख गरे । “मेरो ३७ वर्षको इन्टिग्रेटीमा राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हतकडी लगाएर लैजान सक्छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुनै अमूक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्त रूपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकामा उनले असन्तुष्टि व्यक्त गरे ।

उनले साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्नेमा जोड दिए । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ‘ट्रायल’ गर्ने हो भने राम्रा मान्छे पीडित हुने उनको भनाइ थियो ।

“देशमा खुला र स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने प्रहरी प्रशासन छ जसमाथि मेरो विश्वास छ । अनुसन्धान गर्ने महान्यायायधिवक्ताको कार्यालय छ, त्यसमाथि पनि मेरो विश्वास छ,” उनले भने, “त्यहाँ जाँदैन, तर अमूक व्यक्तिको नाम लिएर त बलात्कारी होस् भन्छ । आरोप के भने क्लासमा पढाउँदा तैले महिलाको शरीरका बारेमा कुरा गर्छस्, एलजीबीटीक्यूआईको विरोध गरिस् भन्ने आरोप लगाउँछ ।”

उनले थपे, “यस्तै एउटा अमूक व्यक्तिले समाजिक सञ्जालमा राखेको कुरालाई स्रोत मानेर यदि देशमा बहस हुन थाल्यो भने सञ्चारका साधनहरूमा बहस हुन थाल्यो भने र मिडिया ट्रायल हुन थाल्यो भने युवराज संग्रौला मात्रै समाप्त हुँदैन, तर नराम्राहरूको त उन्नति हुँदै जाला, तर राम्राहरू जति सिद्धिन्छन् ।”

प्रा. डा. संग्रौलामाथि लगाएको यौन दुर्व्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा वरिष्ठ पत्रकार तीर्थ कोईराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्