site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरिजाप्रसादलाई सम्झँदै प्रचण्डले भने– उहाँको सुझावलाई कहिलै बिर्सने छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस सार्वजनिक रूपमा स्मरण गरेका छन् । सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षरको फोटो राख्दै अध्यक्ष प्रचण्डले कोइरालाले दिएको सुझावलाई कहिलै नबिर्सने बताएका छन् ।

“नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,” प्रचण्डले लेखेका छन्, “उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि मप्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले शान्ति सम्झौताका लागि दिएको सुझावअनुसार अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । “त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ,” प्रचण्डले लेखेका छन् ।
 

 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्