site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पाँचजनालाई ‘बीडी त्यागी सम्मान’को घोषणा 

काठमाडौं । बी.डी. त्यागी स्मृति केन्द्रले नेपाली साहित्यका पाँच प्रतिभालाई बी.डी. त्यागी स्मृति सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले साहित्यकार प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितलाई ‘बी.डी. त्यागी स्मृति सम्मान २०८२’, साहित्यकार किरण आचार्यलाई १०१ सिक्काको थैलीसहितको ‘बी.डी. त्यागी स्मृति पुरस्कार २०८२’, पत्रकार तथा लेखक निर्मलकुमार आचार्यलाई ‘बी.डी. त्यागी योगदान सम्मान २०८२’ र साहित्यकार रूपा रिसाललाई ‘बी.डी. त्यागी प्रतिभा सम्मान २०८२’ प्रदान गर्ने निर्णय गरेको जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, साहित्यमा नलागे पनि त्यसको श्रीवृद्धिमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने ‘बी.डी. त्यागी नेपथ्य सम्मान २०८२’ डा. राजेशराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान तथा पुरस्कार उपन्यासकार शंकर भारतीको संयोजनमा गठित निर्णायक समितिले सिफारिस गरेको केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी गराएका हुन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्