site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्शमा नेविसंघको रिले अनशन

काठमाडौं । काठमाडौंको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रिले अनशन थालेको छ । पहिलो दिन नेविसंघबाट स्ववियु सभापतिका उमेदवार सुल्तान मियाँ रिले अनशनमा बसेका छन् ।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गतेका लागि तोकेको स्ववियु निर्वाचनमा सबै तयारी पूरा हुँदासमेत विभिन्न बहानामा निर्वाचन रोकिएको क्याम्पसका इकाइ अध्यक्ष महेशमणि पौडेलले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हाम्रो संगठनले जित्ने देखिएपछि विभिन्न बहानामा निर्वाचन नगराउने प्रपञ्च रचिएको छ,” अध्यक्ष पौडेलले भने, “हामी स्ववियु निर्वाचन सुनिश्चित हुने गरी कार्यतालिका सार्वजनिक गर्न र निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न माग गर्दछौँ ।”

सभापतिका उमेदवार मियाँले रिले अनशनबाट पनि माग सम्बोधन नभए आमरण अनशनमा बस्न बाध्य हुने बताए ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्