site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियामा डढेलाे नियन्त्रणका निम्ति गएको हेलिकोप्टर दुर्घटना
तस्बिर : सीएनए ।

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जंगलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय समयअनुसार दिउँसो करिब १२ः५४ मा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।  

दक्षिण कोरियाको जंगलमा लागेको डढेलोका बुधबार मध्याह्नसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको र एकजना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोकतर्फ अघि बढिरहेको र जंगलको छेउछाउका बस्ती जोखिममा परिरहेका छन् । 

गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकोप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकोप्टर पठाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्