site stats
बाह्रखरी :: Baahrakhari
देश
तीस हजार घुस रकमसहित नेपाल प्रहरीका सई पक्राउ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)लाई घुससहित पक्राउ गरेको छ । 
 
रुपन्देहीको हाटी बनगाई दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्का ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।  

भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई पक्राउ गरेको हो । 

खड्कालाई अख्तियारको टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–६ बाट बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्