site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन गर्न माओवादी सांसदको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनबारे सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन समिति गठनको माग गरेकी छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले समाजवादी मोर्चाको कार्यक्रमको दिन राजावादीलाई पनि प्रदर्शनको अनुमति दिएको विषयमा पनि प्रश्न उठाइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“समाजवादी मोर्चाको कार्यक्रम थियो, त्यही दिन किन कार्यक्रम गर्न दिइयो ?,” सांसद राईले भनिन्, “चैत १५ गतेको घटनाको न्यायिक छानबिन समिति गठनको माग गर्दछु ।” 

शुक्रबार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाबारे सरकारको धारणा राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्