site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटका सीडीओलाई प्रश्न– भूकम्पले कुनै अप्रिय क्षति पुर्‍याएको छ ? 

काठमाडौं । जाजरकोटमा हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यद्यपि, बुझ्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अबेर साँझको भूकम्प भएकाले आज बिहान पनि हामीले प्रहरी परिचालन गरेर बुझ्ने काम गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी मंग्रातीले बाह्रखरीसँग भने, “अहिलेसम्म मानवीय क्षति भएको र घरहरू पूरै क्षति भएको सूचना छैन ।” 

केही घरहरू चर्किए पनि ठूलो क्षति भएको खबर नआएको उनले जानकारी दिए ।  

जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको थियो । तीन मिनेटको अन्तरमा पैंक केन्द्रविन्दु भएर दुई धक्का मापन गरिएको थियो । 

राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र दोस्रो साँझ ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्