site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
पैसा थुप्रियो, ऋण प्रवाह भएन : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले केही सकारात्मक पहल गरेको भए पनि लगानी हुन नसकेको जनाएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकमा लगानीयोग्य रकम बढिरहेको, ब्याज एकल विन्दुमा रहेको तर कर्जा प्रवाह हुन नसकेको बताए ।

शनिबार (चैत २३) काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा उनले ऋण लिएर लगानी गर्ने गरी नीतिगत सुधार आवश्यक भएकामा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बाह्य क्षेत्र राम्रो भएता पनि समग्र मागमा अपेक्षाकृत रूपमा सुधार आउन सकिरहेको छैन । समग्र माग कसरी बढाउन सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक देखिन्छ,” उनले भने, “मुलुकमा लगानीको वातावरण बनाउन कानुनहरूमा सुधार अपरिहार्य रहेको निष्कर्ष निकाल्दै परिसंघले कुन कुन कानुनको कुन दफामा के सुधार गर्नुपर्छ भनेर अध्ययनसहित विस्तृत सुझाव सरकारलाई हस्तान्तरण गरेका थियौँ ।”

परिसंघका सुझाव समेतलाई आधार बनाएर सरकारले आर्थिक तथा व्यावसायिक वातावरण, सार्वजनिक लगानी बढाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्