site stats
बाह्रखरी :: Baahrakhari
देश
बनेपाबाट पाँच किलो लागुऔषधसहित दुईजना पक्राउ 

काठमाडौं । सशस्त्र प्रहरीले काभ्रेबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । काभ्रेको बनेपा–८ स्थित बसपार्क इलाकाबाट करिब पाँच किलो पोलाइन्ड नामक लागुऔषधसहित आज बुधबार दुईजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–६ बस्ने २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल लागुऔषधसहित पक्राउ परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको १५ नम्बर गणले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट नियन्त्रणमा लिएको हो । 

सशस्त्रले उनीहरूको सागथबाट बा३८प १४८१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

सशस्त्र प्रहरीले यसअघि यही चैत १४ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट सात किलो तथा फागुन १ गते काठमाडौंको गोकर्णेश्वरमा पर्ने नयाँबस्ती र भदौ २२ गते कोटेश्वरबाट ५÷५ किलो पोलाइन्ड नामक लागुऔषधसहित पाँचजनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्