site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेनका स्वकीय सचिव शाहलाई कारबाही गर्न कर्मचारी संगठनको माग

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत तथा पेसागत संगठनले मेयर बालेन्द्र शाह (बालेन)का स्वकीय सचिव भूपदेव शाहमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

स्वकीय सचिवका नाममा सचिवालयका कर्मचारीले अनधिकृत रूपमा सञ्चारमाध्यममार्फत उपमेयर र वडाध्यक्षलाई लाञ्छित गरेको भन्दै उनीहरूले शाहमाथि कारबाहीको माग गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गत चैत २१ गतेको घटनालाई लिएर उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्य, वडा सदस्य एवं कर्मचारी सबैले भ्रष्टाचारको आरोप खेप्नुपर्ने भनी धम्की दिने कार्यको हामी घोर निन्दा गर्दै यस्ता किसिमका निन्दनीय कार्य बन्द गर्न चेतावनी दिन चाहन्छौँ,” ज्ञापनपत्रमा भनिएको छ, “यसबीच विभिन्न सञ्चारमाध्यम, युट्युब एवं अन्य सामाजिक सञ्जालका माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी समस्यालाई थप पेचिलो बनाउने प्रयासका प्रति समेत हामी सचेत छौँ ।” 

अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, त्यस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यावहारिक रूपमा नै अन्त्य गर्नुपर्ने उनीहरूको माग छ । अड्डा प्रशासनलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत कानुनसम्मत ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गर्न उनीहरूले माग गरे ।  

भूपदेवले गत चैत २१ गते महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराउन भूमिका खेल्ने सबैलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने चेतावनी दिँदै अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्