site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रा. आचार्यसहित २८ जनालाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनले नेपाल तथा भारतका २८ जना विभिन्न व्यक्तित्वलाई ताम्रपत्र तथा नगद राशिसहित २०८० सालको नइ पुरस्कार प्रदान गरेको छ ।   

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नइ प्रकाशनकी प्रमुख इन्दिरा प्रसाईंले अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरणमा समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई एक लाख नगद राशिसहित ‘नइ चन्द्रधन पुरस्कार’ प्रदान गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा नेपाली वाङ्मयको श्रीवृद्धिमा सक्रिय, नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने भारतका प्राज्ञ के.वी. नेपालीलाई दुई लाख रुपियाँ राशिसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरियो ।

उक्त अवसरमा भारतीय साहित्यकार डा. जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’, भारतका संगीतकर्मी रञ्जित गजमेरलाई ‘कोइलीदेवी पुरस्कार’, भारतीय साहित्यकार डा. शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरियो । यी पुरस्कारहरूका साथ जनही एक एक लाख नगद राशि प्रदान गरियो ।

कार्यक्रममा संस्कृति विज्ञ हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, प्रा.डा. मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’, साहित्यकार प्रा. गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, संचारकर्मी कमल प्रधान र ध्रुव थापालाई संयुक्त रूपमा ‘नइ भाजप पुरस्कार’, न्युरो सर्जन डा. वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’, सहित्यकार रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’, पर्वतका सहित्यकार शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ र विराटनगरकी सहित्यकार राधिका गुरागाईंलाई ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसार्ईंद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । यी पुरस्कारहरूका साथ नगद राशि जनही एक एक लाख रूपैयाँ पनि प्रदान गरिएको छ ।

त्यस्तै, ६० हजार रुपैयाँ नगद राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ पाल्पाका साहित्यकार कृष्णप्रसाद बस्याललाई प्रदान गरियो । साथै, जनही ५०/५० हजार रुपैयाँ राशिको ‘नइ कपिल शोध पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारी, ‘नइ देरुनीख गौरव पुरस्कार’ झापाका साहित्यकार धनकुटे कान्छा, ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिंगी रजनी थकालीलाई प्रदान गरियो । त्यस्तै २५ हजार नगद राशि सहितको ‘नइ देरुनीख पौरख पुरस्कार’ झापाकी मनीषा राजवंशीलाई मिस हेरिटेज पेटाइट युनिभर्स भएवापत प्रदान गरियो ।

कार्यक्रममा ६ बालबालिकालाई १० हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गरियो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, गायनतर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन र खेलकुदतर्फ सुप्रिया ऐर छन् ।

त्यस्तै, सात हजार रुपैयाँ नगद राशिसहित ‘नइ कोपिला गायन पुरस्कार’ काव्या शिवाकोटी र ‘नइ कोपिला नृत्य पुरस्कार’ सुधा तामाङलाई तथा पाँच हजार रुपैयाँ नगद राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षीया मानषी भण्डारीलाई प्रदान गरिएको सदस्य सचिव प्रसाईंले जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्