site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शिवपुरी साहित्य समाजबाट सर्जकहरू पुरस्कृत 

काठमाडौं । शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सर्जकलाई पुरस्कृत गरिएको छ ।

शनिबार टोखा चण्डेश्वरी मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बलदेव शर्मा मजगैयाँले कवि शान्ति शर्मा (काठमाडौं), डा. वासुदेव खनाल (अर्घाखाँची), बिसुकुमार के.सी (काठमाडौं), नवराज पुडासैनी ज्योत्स्ना (काठमाडौं), प्रकाश बस्नेत गफाडी (काठमाडौं) र मिलन समीर (स्याङ्जा)लाई सम्मानित तथा पुरस्कृत गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांस्कृतिक संरक्षणका लागि 'गुन्द्रुक, मकै, भटमास कार्यक्रम' नामकरणसहितको उक्त अवसरमा साहित्यकार मजगैयाँले सम्मानित तथा पुरस्कृत सर्जकलाई यस्ता कार्यक्रमबाट उत्साह मिलेको बताए । 

कार्यक्रममा तीन दर्जनबढी कविले रचना वाचन गरे । 

उक्त अवसरमा साहित्यकार वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शंकर भारतीलगायतले बोलेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्