site stats
बाह्रखरी :: Baahrakhari
देश
साइकलयात्रीमथि बल प्रयोग गर्ने नगरप्रहरीको जिम्मेवारी खोसियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटार क्षेत्रमा साइकलयात्रीमथि बल प्रयोग गर्ने नगरप्रहरीहरूलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानेको छ । 

उक्त क्षेत्रमा बुधबार बिहान नगरप्रहरी इन्सपेक्टर शम्भु विष्टको नेतृत्वमा रहेको नगरप्रहरी टोलीले एक साइकलयात्रीलाई  लछारपछार पारी उनको साइकल कब्जामा लिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad
 

उक्त कार्य अमर्यादित तथा गैह्रव्यावसायिक ढंगको भएको भन्दै महानगर प्रहरी ऐन, २०८० बमोजिम महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई जिम्मेवारीमुक्त गरी प्रहरी बलको कार्यालयमा तानेका हुन् ।  

mahanagar-1744795435.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्