site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
निजी मेडिकल कलेजका आवासीय चिकित्सकको प्रदर्शन (तस्बिर)

काठमाडौं । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै निजी मेडिकल कलेजका आवासीय डाक्टरहरूले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषद्‍बाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, आवासीय डाक्टरहरूले आयोगले आठौँ तहको तलब संरचना पारित गरेको दुई महिना बढी हुँदा पनि मेडिकल कलेजहरूले निर्देशनको पालना गरेकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् ।

उनीहरूले कलेज प्रशासनको योजनाबद्ध बेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरूले दिएका छन् । 

doctors-(18)-1744799331.jpg

doctors-(1)-1744799332.jpg

doctors-(9)-1744799330.jpg

doctors-(14)-1744799331.jpg

doctors-(2)-1744799330.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्