site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले रद्द गर्‍यो २७ फ्रान्सेली सांसदको भिसा

काठमाडौं । इजरायली सरकारले आइतबार २७ जना फ्रान्सेली सांसद र अधिकारीहरूको भ्रमण भिसा रद्द गरेको छ । ती सांसद र अधिकारीहरूको  जेरुसेलम र प्यालेस्टिनी क्षेत्रहरूमा भ्रमण सुरु हुनुभन्दा दुई दिनअगाडि इजरायलको यो निर्णय आएको हो ।

यो निर्णय फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो देशले चाँडै नै प्यालेस्टिनलाई देशको मान्यता दिने घोषणा गरेपछि दुवैै देशबीच बढ्दो कूटनीतिक तनावको पृष्ठभूमिमा आएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायलको आन्तरिक मामिला मन्त्रालयले यी २७ जना सांसदहरूको भिसा रद्द गर्ने निर्णय इजरायल देशको विरुद्ध काम गर्ने जोसुकै व्यक्तिहरूलाई प्रतिबन्ध लगाउन सक्ने कानुनअन्तर्गत गरिएको बताएको छ । फ्रान्सको वामपन्थी पार्टीका १७ जना सदस्यले यसलाई इजरायलले सामूहिक सजाय दिइएको आरोप लगाएका छन् ।

यसैबीच, राष्ट्रपति म्याक्रोनलाई हस्तक्षेप गर्न पनि आह्वान गरेका छन् । उनीहरूले जेरुसेलमस्थित फ्रान्सेली दूतावासको पाँचदिने भ्रमणको निमन्त्रणा गरेअनुसार भ्रमण गर्न लागेको बताए । साथै यी सांसदहरूको भ्रमणको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र शान्तिको संस्कृति बलियो बनाउने रहेको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्