site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
श्वेता खड्काका कारण बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने स्थिति छ : सांसद माझी
फाइल तस्बिर ।

काठमाडौं । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को ध्यानाकर्षण गरेकी छन् । अभिनेत्री श्वेता खड्काले सेवा भावनाले माझी बस्ती बनाइदिए पनि कर्तव्यपालना गर्न सक्षम नहुँदा घर छोडेर विस्थापित हुनेक्रम बढेको बताइन् ।

“व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ । कलाकारिताका हिसाबले राष्ट्रकै गहना हुनुहुन्छ, हामी उहाँलाई सम्मान गर्छौं,” प्रतिनिधिसभा बैठकमा आइतबार (वैशाख १४) उनले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर,  ०७२ सालको भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा खड्काले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा ५५ घर माझी बस्ती बनाइदिए पनि कर्तव्य पूरा गर्न चुकेको उनले बताइन् ।

“उहाँले घर त निर्माण गरिदिनुभयो, तर आज उहाँकै कारणले गर्दा ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको छ,” सांसद माझीले भनिन्, “उहाँले सेवाका भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौँ । तर, उहाँले जुन किसिमले सेवा गर्न खोज्नुभयो, त्यसलाई पूरा गर्न सक्नु भएन । आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन ।”

उक्त बस्तीका निम्ति लिइएको ऋण फाउन्डेसनले नतिर्दा घर बनाइदिएका माझी विस्थापित हुनुपरेको उनले बताइन् । “आज माझी बस्तीका व्यक्तिहरू कति बेला पुलिसले पक्रिन्छ भनेर त्यहाँबाट विस्थापित भइरहेको अवस्था छ,” उनले भनिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्