site stats
बाह्रखरी :: Baahrakhari
देश
‘शिक्षक महासंघका पदाधिकारी दलका नेता हुन्, हाम्रो मागमा गम्भीर भएनन्’

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघ आफूहरूको मागमा गम्भीर नदेखिएको आरोप लगाएको छ । महासंघले कमर्चारीको वियषमा जानकारी नै नगरी सहमति गरेको परिषद् अध्यक्ष गंगाराम तिवारीले बताए । 

शिक्षकहरूले आफूहरूलाई पीडित बनाएको उनको आरोप छ । उनले भने, “यो भयो यो भएन केही पनि भनेन महासंघले, आठ हजार तलब खाने कर्मचारीबारे ध्यान कहाँ गयो ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासंघका पदाधिकारी राजनीतिक दलका नेता भएकाले आफ्नो माग पूरा नभएको उनको बुझाइ छ । अध्यक्ष तिवारीले कर्मचारीलाई सञ्चित बिरामी बिदाको सुविधा नदिएकोमा उनको आपत्ति छ । 

“यसका विरुद्ध हामी आन्दोलनको घोषणा गर्दै छौँ,” उनले थपे, “शुद्ध शिक्षकहरूका लागि मात्रै सेवासुविधा सुनिश्चित गरेको छ । यी बुँदामा आपत्ति छ ।”

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्