site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जातीय जनगणनाबारे मोदीलाई तेजस्वी यादवको पत्र 

काठमाडौं । बिहार विधानसभाका विपक्षी दलका नेता तेजस्वी यादवले जातीय जनगणनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।  

“आदरणीय प्रधानमन्त्रीज्यू, तपाईंको सरकारले देशभर जातीय जनगणना गर्ने हालैको घोषणा गरेपछि म तपाईंलाई आशाका साथ यो पत्र लेख्दै छु,” पत्रमा उनले लेखेका छन्, “धेरै वर्षदेखि, तपाईंको सरकार र एनडीए गठबन्धनले जातीय जनगणनाको मागलाई अस्वीकार गर्दै यो विभाजनकारी र समाजको लागि अनावश्यक भएको बताएका छन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रमा तेजस्वी यादवले बिहारले आफ्नै स्तरमा सुरु गरेको जात सर्वेक्षणमा केन्द्र सरकारले उठाएका प्रश्नहरू उल्लेख गरेका छन् ।

“जब बिहारले आफ्नै स्तरमा जात सर्वेक्षण सुरु गर्‍यो, केन्द्र सरकार र यसका वरिष्ठ कानुन अधिकारीहरूले यसमा धेरै अवरोधहरू सिर्जना गरे,” तेजस्वी यादवले लेखेका छन्, “तपाईंको पार्टीका नेताहरूले यस्तो तथ्यांक  संकलन गर्ने आवश्यकता के हो भनेर पनि सोधे । यस विषयमा धेरै अपमानजनक र असंवेदनशील टिप्पणीहरू पनि गरिएका थिए ।” 

उनले सीमान्तकृत नागरिकहको आवाजलाई बेवास्ता गर्न सकिँदैन भन्ने विश्वास गर्न थालेको बताएका छन् । “अब तपाईंको सरकारको यो ढिलो गरी गरेको निर्णयले के देखाउँछ भने तपाईंले हाम्रो समाजका सीमान्तकृत नागरिकको आवाजलाई बेवास्ता गर्न सकिँदैन भन्ने विश्वास गर्न थाल्नुभएको छ,” उनले लेखेका छन् । 

आफ्नो पत्रमा तेजस्वी यादवले जातीय जनगणनालाई सामाजिक न्यायतर्फको पहिलो कदमको रूपमा वर्णन गरेका छन् । बीबीसी

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्