site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्षेप्यास्त्र आक्रमणपछि इजरायली प्रधानमन्त्रीले हुथी विद्रोहीलाई दिए यस्तो चेतावनी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायली विमानस्थलनजिकै हुथी विद्रोहीहरूले गरेको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा नेतान्याहूले हुथी विद्रोहीहरूविरुद्ध आक्रमणको चेतावनी दिएका छन् । नेतान्याहूले भने, "हामीले विगतमा आक्रमण गरेका छौँ । हामी भविष्यमा पनि आक्रमण गर्न सक्छौँ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यमनबाट हुथी विद्रोहीहरूले प्रहार गरेको क्षेप्यास्त्र आइतबार बिहान इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको थियो ।

इजरायली मिडियाका अनुसार विस्फोटमा परी चारजना घाइते भएका छन् । त्यही समयमा आश्रय लिने प्रयास गर्दा दुईजना घाइते भए ।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले टेलिभिजनमा प्रसारित वक्तव्यमा भनेका छन्, "इजरायली विमानस्थलहरू अब हवाई यात्राका लागि सुरक्षित छैनन् ।"

विमानस्थल सञ्चालनमा आएको छ । तर क्षेप्यास्त्र आक्रमणका कारण धेरै उडानहरू रद्द गरिएको थियो । बीबीसी

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २३:४९
प्रतिक्रिया दिनुहोस्