site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पहलगाम आक्रमणबारे भारत र पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले यस्तो गरे अपिल

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाउन अपिल गरेका छन् । उनले भने, "सैन्य समाधान कुनै समाधान होइन ।"

उनले एक विज्ञप्तिमा भनेका छन्, "भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा छ । म दुवै देशका सरकार र नागरिकहरूको सम्मान गर्छु र संयुक्त राष्ट्र शान्ति अभियानमा दुवैको योगदानको लागि कृतज्ञ छु । यस्तो अवस्थामा, दुवै देशको आपसी सम्बन्ध यति खतरनाक विन्दुमा पुगेको देख्दा मलाई पीडा हुन्छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । "म फेरि एकपटक पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्छु र शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्दछु । सर्वसाधारणलाई लक्षित गर्नु अस्वीकार्य छ र जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउनुपर्छ," उनले भनेका छन् ।

उनले भने, "यस कठिन समयमा, द्वन्द्व चाँडै नियन्त्रण बाहिर जान सक्छ । यो अधिकतम संयम अपनाउने समय हो । यो दुवै देशलाई मेरो सन्देश हो, कृपया कुनै गल्ती नगर्नुहोस्, सैन्य समाधान कुनै समाधान होइन ।" बीबीसी

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २३:४८
प्रतिक्रिया दिनुहोस्