site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको प्रतिक्रिया– भारतीय सेनाले घृणित र लज्जास्पद अपराध गर्‍यो

काठमाडौं । पाकिस्तानले भारतीय हवाई आक्रमणलाई ‘युद्धको कार्य’ भनेर निन्दा गरेको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले भारतीय आक्रमणलाई गैरकानुनी कार्य भनेर निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार भारतको आक्रमण ‘युद्धको कार्य’ भएको र पाकिस्तानको सम्प्रभुता र क्षेत्रीय अखण्डताको खुला उल्लंघन भएको पाकिस्तानको निष्कर्ष छ ।

“भारतीय सेनाले निर्दोष महिला र बच्चासहित सर्वसाधारणलाई जानाजानी लक्षित गरेर घृणित र लज्जास्पद अपराध गरेको छ । यो मानवीय व्यवहारका सबै नियम र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो,” पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री शहबाज शरिफको अध्यक्षतामा बसेको बैठकमा सैनिक जनरल साहिर शमशाद मिर्जा, जनरल असिम मलिक र अन्य सैनिक वरिष्ठ अधिकारी उपस्थित थिए ।

बैठकमा उपप्रधानमन्त्री ईशाक दार, रक्षामन्त्री ख्वाजा आसिफ, गृहमन्त्री मोहसिन नकवी, योजना मन्त्री अहसान इकबाल, कानुनमन्त्री आजम नजीर तरार, सूचनामन्त्री अत्ताउल्लाह तरार, जलवायु परिवर्तनमन्त्री मुसादिक मलिक, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सना उल्लाह, महान्यायाधिवक्ता मन्सूर उस्मान अवान र प्रधानमन्त्रीका सहयोगी तारिक फातेमी पनि उपस्थिति थिए ।

डनबाट ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्