site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमृतसर र फिरोजपुरमा ठूलो विस्फोट : जम्मू, साम्बा र पठानकोटमा ड्रोन देखिए

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका बीच जम्मू कश्मीरबाट फेरि गोलाबारी भएको छ । समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ ।

बीबीसीका सहयोगी पत्रकार रवीन्द्र सिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पञ्जाबका बीबीसीका स्थानीय पत्रकारहरूले फिरोजपुरका स्थानीयहरूले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको रिपोर्ट गरेको बताए ।

फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले पनि आफूले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्