site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गाजामा सुरु गर्‍यो नयाँ ‘अपरेसन’

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासको अन्त्य र बाँकी बन्धकको रिहाइ निश्चित गर्न गाजामा नयाँ अपरेसन (कारबाही) सुरु गरेको छ ।

इजरायली रक्षा बलले आफ्नो हिब्रु एक्स एकाउन्टमा लेखेको छ, “उसले ‘अपरेसन गिदोनको रथ’का निम्ति आफ्ना सैनिक जम्मा गरेको छ । यो अपरेसनको उद्देश्य गाजापट्टीमा अवस्थित प्रमुख रणनीतिक इलाकामा नियन्त्रण प्राप्त गर्नु हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायल रक्षा बलले आफ्नो अंग्रेजी एक्स एकाउन्टमा यो अपरेसनको नाम प्रयोग गरेको छैन । उक्त पोस्टमा भनिएको छ कि यो अपरेसन तबसम्म जारी रहनेछ, जबसम्म हमास इजरायली बन्धक र इजरायलनिम्ति खतरा रहँदैन ।

इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजापट्टीका १५० भन्दा बढी स्थानलाई निसाना बनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्