site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नूर–गंगा पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले एक कार्यक्रमबीच बालसाहित्य तथा लोकगायनका क्षेत्रका सर्जकहरूलाई २०८० सालको पुरस्कार प्रदान गरेको छ । 

समारोहका प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले नेपाली बालसाहित्यका क्षेत्रमा योगदान पुर्‍याउने रामकुमार पाँडे र रामबाबु सुवेदीलाई जनही ५० हजार रुपैयाँसहित ‘नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार’ प्रदान गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै ‘नूर–गंगा क्षेत्रीय स्थापित लोकगायन पुरस्कार’ रूपन्देहीका डिल्लीनारायण पाण्डेलाई (३० हजार नगद राशिसहित), ‘नूर–गंगा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार’ म्याग्दीका प्रकाश दुतराजलाई (२५ हजार नगद राशिसहित) र ‘नूर–गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ रूपन्देहीका सागर पौडेल (२० हजार नगद राशिसहित)लाई प्रदान गरिएको यादव भट्टराईले जानकारी गराएका छन् । 

नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०४९ सालमा नूरप्रताप जबरा र उनकी धर्मपत्नी लोकगीत गायिका गंगा राणाको इच्छाअनुसार नेपाली लोकसंगीत एवम् वाङ्मयको समुन्नय हेतु स्थापना गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्