site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भाजपा पूर्वसांसदले पाए यौन उत्पीडन आरोपबाट सफाइ

काठमाडौं । भाजपाका पूर्वसांसद तथा भारतीय कुस्ती महासंघका पूर्वप्रमुख बृजभूषण शरण सिंहले यौन उत्पीडन आरोपबाट सफाइ पाएका छन् । उनीविरुद्ध एक कुस्ती खेलाडी नाबालिकाले मुद्दा दायर गरेकी थिइन् ।

दिल्लीको एक अदालतले दिल्ली प्रहरीको अनुसन्धान प्रतिवेदन स्वीकार गर्दै सिंहविरुद्धको मुद्दा रद्द गर्न सिफारिस गरेको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सत्तरुढ दल भारतीय जनता पार्टी (भाजपा)का पूर्वसांसद सिंहमाथि ६ महिला कुस्ती खेलाडीले अर्को छुट्टै यौन उत्पीडनको मुद्दा लगाएका छन् । तर सिंहले यी आरोप अस्वीकार गर्दै आएका छन् ।

सिंहविरुद्धको यौन उत्पीडनको विषयले सन् २०२३मा धेरै चर्चा बटुलेको थियो । भारतका शीर्ष कुस्ती खेलाडीको महिनौँको प्रदर्शनपछि उनलाई यौन उत्पीडनको आरोप लगाइएको थियो ।

प्रदर्शनले विश्वभर चर्चा बटुलेको थियो । विशेषगरी प्रहरीले प्रदर्शनकारीलाई दिल्लीमा नयाँ संसद् भवनतर्फ मार्च गर्न खोज्दा गिरफ्तार गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्