site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङमा करेन्ट लागेर एक पुरुषको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । धादिङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । गल्छी गाउँपालिका-५ रैलेका चन्द्रबहादुर तामाङको मृत्यु बुधबार भएको हो । 

आफ्नै घरको पिँढीमा जडान गरेको गहुँ, मकै, कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा एक्कासि मेसिनमा करेन्ट सट भई करेन्ट लागेर उनको घटनास्थलमा मृत्यु भएको हो ।

मुचुल्कापछि उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्