site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा एक अर्ब ९९ करोड विनियोजन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

“वेरोजगारी समस्या दिगोरुपमा समाधान गर्न श्रम बजारको माग अनुरुप युवा जनशक्तिको सिप र दक्षता विकास गरिनेछ,” अर्थमन्त्री पौडेलले भने, “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि एक अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छु ।”

रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने समेत उनले जनाए ।
 
“निजी क्षेत्रका छाता संगठनहरूको सहकार्यमा सबै प्रदेशमा रोजगार मेला सञ्जालन गरिनेछ,” उनले भने । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्