site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सातवटै प्रदेशका सहरी केन्द्रमा भवन र अपार्टमेन्ट बनाएर सरकारी कर्मचारीलाई बिक्री गरिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरेर सरकारी कर्मचारीलाई बिक्री गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

“सातवटै प्रदेशका सहरी केन्द्रमा कर्मचारी सञ्चय कोषलगायत अवकाश कोषहरूको अग्रसरतामा निजी क्षेत्रको सहभागितामा शुलभ आवास कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत सातवटै प्रदेशका सहरी केन्द्रहरूमा एक लाख भवन र अपार्टमेन्ट निर्माण गरी निजामति सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था मिलाएको छु,” पौडेलले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्