site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
क्यानडास्थित क्यालगरी सहरमा मनाइयो सगरमाथा दिवस
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं ।  क्यानडास्थित क्यालगरी सहरमा सगरमाथा दिवस मनाइएको छ । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दुईपटक सगरमाथा चढेका रोड़्नीले आफ्नो आरोहण अनुभव सुनाएका थिए । अर्का सगरमाथा आरोही मिंग्मा शेर्पा पनि कार्यक्रममा सहभागी थिए । उनले हिमालय क्षेत्रको महत्त्व र आरोहणका विषयमा बोलेका थिए ।

कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले भिडियोमार्फत शुभकामना सन्देश दिएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्