site stats
बाह्रखरी :: Baahrakhari
देश
नगरप्रहरी प्रमुख राजु पाण्डेको निलम्बन फुकुवा, काम गर्ने बाटो खुल्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन तत्कालका लागि फुकुवा भएको छ ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लिरत्न श्रेष्ठको इजलासले जेठ २० गतेको निलम्बनको पत्र कार्यान्वयन नगर्न भनेको हो । अदालतले पत्रलाई यथास्थितिमा राख्न र पाण्डेलाई काममा रोक नलगाउन भनेको छ ।

अन्तरिम आदेशमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अह्राएको काम गर्नुपर्नेतर्फ पनि अदालतले पाण्डेको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्