site stats
बाह्रखरी :: Baahrakhari
देश
साझा यातायातमा प्रहरीले दियो सुरक्षा

काठमाडौं । देशभर सार्वजनिक यातायात बन्द भएको बेला साझा यातायातले भने निर्वाध रूपमा सेवा दिइरहेको छ । प्रहरीको सुरक्षामा साझाले विभिन्न रुटमा बस सञ्चालन गरेको हो । 

विभिन्न मागसहित सार्वजनिक यातायातका साधन सञ्चालन नभएको अवस्थामा साझा यातायातका बस सञ्चालन भएको नेपाल प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सञ्चालन भएका बसहरूमा सेवाग्राहीलाई प्रहरीले सहजीकरण तथा सुरक्षा दिएको छ । 

प्रहरीका अनुसार, साझाका २१ वटा बसले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल–नारायणथान रुटमा बस सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्