site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाँच महिनामा पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिए
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार, जनवरीदेखि मे महिनासम्म कुल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार १६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार ८२४, बंगलादेशबाट चार हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् ।

मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्