विदेश

काठमाडौं । भारतमा कोभिड–१९ संक्रमणको सक्रिय केस पाँच हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड–१९ संक्रमणको सक्रिय केस पाँच हजार ३६४ भएको पुष्टि भएको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकअनुसार कोभिड–१९ का धेरैजसो केस केरला राज्यमा पुष्टि भएको छ । केरलापछि सबैभन्दा धेरै केस गुजरात, पश्चिम बंगाल र दिल्लीमा देखिएका छन् ।
केरलामा कोभिडका एक हजार ६७९ सक्रिय संक्रमणका केस देखिएको बताइएको छ भने गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय केस देखिएको मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार यो वर्ष भारतमा अहिलेसम्म कोरोनाबाट ५५ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १७:३३
प्रतिक्रिया दिनुहोस्