
काठमाडौं । सामसङ नेपालले ग्राहकको सुविधालाई ध्यानमा राख्दै ‘इन्स्टा फाइनान्स’ सेवा झनै सहज र पहुँचयोग्य बनाएको छ । अबदेखि सामसङ टीभी मात्र होइन, सबै होम एप्लायन्स समेत नागरिकता प्रमाणपत्र मात्र देखाएर किस्ताबन्दीमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
पहिला टीभी खरिदका निम्ति मात्र कागजात (नागरिकता) प्रयोग गरेर इन्स्टा फाइनान्स सेवा लिन सकिन्थ्यो । होम एप्लायन्सका निम्ति थप कागजात आवश्यक पर्थ्यो । अब जुनसुकै सामसङ होम एप्लायन्स खरिदका निम्ति यो सेवा लागु हुने कम्पनीले जनाएको छ ।
ग्राहकले आफ्नो नागरिकता प्रमाणपत्र र दुईप्रति राहदानी आकारको फोटो (आफ्नो र सिफारिसकर्ताको)सहित फाराम भरेपछि एक घण्टाभित्र सामसङ टीभी वा होम एप्लायन्स घर लैजान सक्नेछन् । यो सुविधा यही जेठ १९ गतेदेखि लागु गरिएको हो ।
यो सेवाअन्तर्गत ३० हजार रुपैयाँ वा सोभन्दा माथिको मूल्य पर्ने सामसङ टीभी एवं होम एप्लायन्स १२ महिनाको अवधि हुने किस्ताबन्दी (ईएमआई)मा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिनेछ । ग्राहकले प्रारम्भमा जम्मा ३० प्रतिशत रकम तिरेपछि सेवा लिन सक्नेछन् ।
सामसङ इन्स्टा फाइनान्स सेवा हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको साझेदारीमा सञ्चालन गरिएको हो । सामसङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिको डिलर सञ्जालअन्तर्गत देशभरका २०० भन्दा बढी सामसङ स्टोरमा यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।