स्वतन्त्रता लोप हुने अवस्था कहिल्यै पनि एक पुस्ताभन्दा टाढा हुँदैन–अमेरिकाका चालीसौं राष्ट्रपति रोनाल्ड रेगन
सार्वभौमिकता, भूराजनीति र शासन, स्मृति र प्रपञ्चबीच नेपाल आज एक खतरनाक दोभानमा उभिएको छ—नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक आधारस्तम्भ विचारधारा र यस दोभानको केन्द्रमा उभिएको छ नेपाली कांग्रेस । उदाउने दौडमा हिँडिरहेकाले आफूलाई अनुकूलन गर्न सकेनन्, घेराबन्दीको प्रतिकार गर्न सकेनन् र नेतृत्वको दाबी गर्न सकेनन् भने आधारस्तम्भहरू समयसँगै कमजोर हुन सक्छन् । र यो निर्वाचनको अंकगणित नभएर राष्ट्रको दिशाको कुरा हो ।
विरासतसहितको पार्टी : अब सान्दर्भिकताको सङ्घर्षमा
बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहदेखि गिरिजाप्रसाद कोइरालासम्मको युगमा नेपाली कांग्रेसले राष्ट्रको नैतिक दिशानिर्देश गर्थ्यो । राणा शासनको प्रतिरोधदेखि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनासम्म, माओवादीलाई मूलधारमा ल्याउने कार्यमा कांग्रेस अग्रपङ्क्तिमा थियो ।
तर, आज पार्टी दिशाहीन देखिएको चिन्ता सर्वत्र भइरहनु र अस्थायी गठबन्धनहरूमा फसेको, सौम्य धर्मराएको पार्टीद्वारा संचालित विन्दास शैलीमा संरचनामा जकडिएको यो आफैँले निर्माण गरेको खेलको अब दर्शकमात्र बन्यो कि भन्ने संशय पनि छ । लाखौंलाई एक बनाउने विचारधारा आज गठबन्धन र प्रक्रियागत राजनीतिमा विलीन भइरहेको छ । हामीले आफैँसँग सोध्नुपर्छ - कहिलेदेखि हामी राष्ट्रिय एजेन्डा तय गर्न छोडेर अरूको खेलका गोटी हुन थालेका हौँ ?
उदाउँदो छायाँ : कम्युनिस्टहरूको संस्थागत कब्जा
अब भोला बन्नु हुँदैन । अहिलेको खतरा एउटा बिस्तारै र योजनाबद्ध ढङ्गमा भइरहेकै शक्ति सङ्केन्द्रण हो – नेकपा एमाले र माओवादी केन्द्र दुवैको । अहंकारले छुट्याए पनि दीर्घकालीन महत्त्वाकांक्षाले तिनलाई जोडेको छ । उनीहरूले निम्न माध्यमबाट सत्ता आधिपत्य निर्माण गर्न सक्छन् - संवैधानिक नियुक्तिहरू ।
स्वतन्त्र न्यायपालिकामा दल प्रवेश हुनसक्छ । कांग्रेसले यस रोगको निवारण खोज्नै पर्छ । अन्य स्वतन्त्र आयोगहरूको र अख्तियार, लोकसेवा आयोग, संक्रमणकालीन न्याय संयन्त्रहरूको ! यसले प्रक्रियागत लोकतन्त्रको खोलभित्र 'समानान्तर राज्य' निर्माण गरिरहेको छ । यो लोकतान्त्रिक प्रतिस्पर्धा होइन । यो त संस्थागत उपनिवेशवाद हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नियामक निकायहरू र संवैधानिक संस्थाहरूमा आफ्नो प्रभाव व्यवस्थितरूपमा विस्तार गरेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पटक पटकको गठबन्धनलाई कांग्रेसलाई जीर्ण गर्ने औजार बनाउने प्रयत्न गरिरहेकै हुन्—गिरिजाप्रसाद कोइरालाजस्ता राष्ट्रिय नेताहरूको सामिप्यबाट । के गठबन्धन हो र के रणनीतिक षड्यन्त्र हो बुझ्न विलम्ब गरेकाले कांग्रेस प्रभावहीन भयो कि ? नयाँ विचारले पार्टीका नेतालाई आकर्षित र आश्वस्त गर्न असमर्थ भएको परिस्थिति छ । र हाम्रो मौनले उनीहरूलाई थप हिम्मत दिएको छ ।
झ्याल साँघुरिँदैछ: जेठ २८ अघिको अग्रसरता
नेपाली कांग्रेसले जेठ २८ अघि नै निर्णायक नेतृत्वको दाबी नगरेमा यसले स्थानीय निर्वाचनअघि नेपालको संस्थागत भविष्य निर्माण गर्ने अन्तिम अवसर गुमाउनेछ । ढिलाइले निम्न परिणाम ल्याउनेछ - महत्त्वपूर्ण संवैधानिक नियुक्तिहरू निर्विरोध हुनेछ ।
निर्वाचन संयन्त्र संस्थागत रूपमा पक्षपाती बन्नेछ । स्थानीय तहहरू अन्य शक्तिपक्षप्रति बफादार पात्रहरूले भरिनेछ । कांग्रेस नेतृत्वमा होइन प्रतीकात्मक विरोधी शक्तिमा सीमित हुनेछ । त्यसपछि हामी सरकारमा फर्कन सक्यौँ नै भने पनि स्थायी सरकार पहिले नै कब्जामा परिसकेको हुनेछ ।
अब रेखा कोर्नुहोस्
हो, कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको हो जसरी कतिपय कांग्रेस जनले भरतपुरमा संकोचसाथ मेयरका उम्मेदवारलाई समर्थन गरेका थियौँ । र अध्यक्ष दाहालको पछिल्ला भनाइ र व्यवहार चिन्ताजनक देखिँदै आएको छ । सार्वजनिकरूपमा नै उहाँले भन्नुभयो कांग्रेसका नेताहरूको गिरफ्तारी खोजेका थियौँ ।
गिरिजाप्रसाद कोइरालाले सुरक्षा निकायमाथि हमला गर्न उक्साएको भन्नेजस्ता भ्रमपूर्ण सार्वजनिक गर्दै जानुभयो जसले संस्थागत स्मृतिमा आघात पुर्याउने र त्यही समयमा सहयोगको अपेक्षा गर्नु अत्यन्त दुःखद परिदृश्य निर्माण भयो। यी गलत बुझाइ होइनन् । यी सीधा उत्तेजनाहरू हुन् । र हाम्रो निरन्तर मौन अब कूटनीति होइन बरू 'सहअपराध' हो।
इतिहासको एउटा पाठ - बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलेनले सन् १९३८ मा म्युनिकबाट फर्केर “शान्ति आयो” भनेका थिए हिटलरलाई रिझाएर । केही महिनामै उनले धोका पाए । छोटो लाभका लागि गरिएको सम्झौता दीर्घकालीन आपत्ति बन्यो। हामीले त्यही गल्ती गर्नु हुँदैन ।
भू राजनीतिक सन्तुलन : चीनसँग सतर्कता, भारतसँग स्पष्टता
नेपालको परम्परागत गुटनिरपेक्षता अहिले दबाबमा छ । चीनको संलग्नता कैयौं क्षेत्रमा स्वागतयोग्य भए पनि त्यो सामरिक सडक र एयरबेसमा राष्ट्रहितमा हुँदैन । त्यो त विचारधारा, शिक्षा, र संस्थागत तहसम्म फैलिएको छ ।
चीनले सांस्कृतिक उपनिवेशीकरण प्रवर्द्धन गर्ने शक्तिहरूमा लगानी गरिरहेको छ भन्ने अब गोप्य छैन । नेपालले सबै शक्तिसँग संवाद गर्नुपर्छ तर आफ्ना सर्तमा । संस्थाहरू, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्दै लोकतान्त्रिक मूल्यहरूप्रति प्रतिबद्ध हुनु चीनविरोधी हुनु होइन ।
भारतले अर्कोतर्फ अहिले रणनीतिक संयमको नीति लिएको देखिन्छ । पहिलेको हस्तक्षेपकारी छविभन्दा भिन्न अब उनीहरू टाढाबाट हेरिरहेका छन् सायद नेपालको लोकतान्त्रिक शक्ति आफैँ उठ्ने आशामा। तर हाम्रो मौनले उत्तरको भिन्न रणनीतिको अधिनायकवादलाई अपरिवर्तनीय बनायो भने उनीहरूको संयम पनि सीमित हुनेछ ।
नेता कहाँ छन् ?
आज नेपालमा नेताभन्दा राजनीतिकर्मी धेरै छन् । नेताले संस्था निर्माण गर्छन् गठबन्धन होइन । नेताले सुविधाको होइन मूल्यको रक्षा गर्छन् । कांग्रेसमा को छ - जो अग्रजको बिरासतको रक्षा गर्छ, आफ्नै गठबन्धन साझेदारले कटु टिप्पणी दिँदा निर्भीक प्रतिक्रिया दिन्छ, घृणाविना चिनियाँ वैचारिक अतिक्रमणको सामना गर्छ । पार्टी पुनर्संरचना, युवाको समावेश र स्वच्छ शासन माग गर्छ । शान्त कूटनीतिले अब काम गर्दैन । हामीलाई नैतिक साहस चाहिन्छ राजनीतिक गणनामात्र होइन ।
रणनीतिक नेतृत्व हस्तान्तरण होइन निर्माण
विद्यमान नेताले वैधानिक नेतृत्वको दाबी नगरे कांग्रेसले आगामी निर्वाचनमाथिको प्रभाव उठाउनेछ । र यो उहाँहरूको व्यक्तिगत बिरासतको कुरा होइन बरु संस्थागत अस्तित्वको सबाल हो जुन उहाँहरू स्वयं जानकार हुनुहुन्छ । त्यसमा के सन्देह होला ?
महाधिवेशनको पर्व
पार्टीको आन्तरिक लोकतान्त्रिक संरचना जाम भयो भने पुस्तान्तरण हुन दिनुपर्छ भन्नेहरूले कमण्डलु थाप्दैमा कृपाधारित टिकट वितरण अन्त्य र विचारधारालाई पुनः जागृत गर्न सक्दैनन् । पुस्ता र रूपान्तरण सशक्त शासनमार्फतमात्र सम्भव हुन्छ भन्ने वकालतले नेतृत्व दिन्छ । यो भुल्नेले नेतृत्व भन्ने शब्दसँग अंकमाल गर्न सक्दैन ।
सत्ता हुँदा हामीले निम्न कुरामा काम गर्नुपर्छ - शिक्षा र स्वास्थ्य सुधार, डिजिटल सेवा प्रवाह, भ्रष्टाचारविरुद्ध कठोर कदम, विविध काण्डमा सुदृढ अख्तियार अनुसन्धानले मात्र विश्वास अर्जित हुन्छ । हाम्रो शासन शैली हाम्रो घोषणापत्रभन्दा बुलन्द हुनुपर्छ ।
नेपाली कांग्रेसले लोकतान्त्रिक नेपालको ढाल बन्नुपर्छ चाहे त्यो विचारधाराको उपनिवेश होस्, संस्थागत कब्जा होस् वा बाह्य हस्तक्षेप । हाम्रो बिरासतको रक्षा बीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान र लोकतान्त्रिक इतिहासको स्मरण नीतिगत तहमै समाविष्ट हुनु वाञ्छनीय छ । यो विगतको गौरवमात्र होइन भविष्यको सुरक्षा पनि हो । इतिहासको तोडमोड भइरहन दिनुहुँदैन । यसको अश्त्र एउटै छ हामी मौन बस्नु हुँदैन ।
युवाको उदयमा मैले यस हरफलाई कालजयी मानेको छु -
नेता (लिडर)ले उसको अभियानमा उमेरलाई मुद्दा बनाउनु हुँदैन ।
विपक्षीको युवावस्था र अनुभवहीनतालाई राजनीतिक फाइदाको लागि उपयोग गर्नदिनु हुँदैन । हरेक पुस्ता विशेषतः युवाले स्वतन्त्रताको रक्षा गर्ने कर्तव्य बोकेको हुन्छ। राष्ट्रपति रेगनले बारम्बार जोड दिएका थिए - युवा नै भविष्यका संरक्षक हुन् र उनीहरूको सक्रिय सहभागिताबिना सबल प्रजातन्त्रहरूसमेत कमजोर पर्न सक्छन् ।
नेतृत्वलाई पत्र
तपाईँ विशेष जिम्मेवारीको घडीमा हुनुहुन्छ। नेतृत्व अब राजनीतिक कौशलले होइन नैतिक स्पष्टताले नापिन्छ ।
यो मोड निर्णायक होस् । अस्वाभाविक गठबन्धन साझेदारहरूबाट सहकार्य हैन शंका उठिरन्छन् । झुटा आरोपहरू सम्प्रेषित नहुँदा पनि कूटनीतिक खिसीट्युरी भइरहेकोमा हामीले तिनलाई सार्वजनिकरूपमा अस्वीकार गर्नु आवश्यक छ । पार्टीभित्र सत्य बोल्नेहरूलाई संरक्षण गर्नुहोस् । मूल्यविहीन गठबन्धन नस्वीकार्ने स्पष्ट मार्गचित्र दिनुहोस् पार्टीको कदमा गठबन्धन चरितार्थ हुनैपर्ने छ र यसको पुनर्मूल्यांकन होस । कांग्रेसले सरकारमा मात्र होइन नैतिकता र विवेकमा पनि नेतृत्व गरोस् ।
लोकतान्त्रिक आत्माको पुनःउत्थान
नेपालको लोकतान्त्रिक क्रान्ति विक्रीको वस्तु थिएन । नेपाली कांग्रेसले २००७, २०४६ वा २०६२/६३ को आन्दोलनमा अन्ततः कसैको इतिहासमा फुटनोट बन्न बलिदान दिएको होइन । यो हाम्रो समय हो - हाम्रो आवाज फिर्ता ल्याउन, दिशा पुनःनिर्धारण गर्न, अवसरवादको षड्यन्त्र र इतिहास बिगार्नेहरूको चिच्याहटको सामना गर्न ।
फेरि रोनाल्ड रेगनलाई उद्धृत गरौँ – 'उज्यालो देख्ने बनाउन नसके तातो थाहा पाउने बनाऊ' । अर्थात् घर्किएको समयमा कांग्रेसको लोकतान्त्रिक ताप सबैलाई महसुस गराउने गरी सुधारिउको, एकीकृत, र संकल्पबद्ध ।
(प्रतिनिधि सभा सदस्य)