देश

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालय तीन दिनलाई बिदा दिएको छ । अभिभावकले गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्ने गुनासो गरेपछि विद्यालय बिदा दिइएको महागनरले जनाएको छ । जेठ २८ देखि ३० गतेसम्म बिदा दिइएको बताइएको छ ।
विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलले पानी परेर मौसम अनुकूल भए पुनः पठनपाठन सूचारु गरिने जानकारी दिएका छन् । गर्मीका कारण विराटनगरको जनजीवन अत्यधिक प्रभावित बनेको छ ।
सुनसरीको इनरुवा नगरपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । मनुसन सुरु भए पनि कोसी प्रदेशका विभिन्न जिल्लामा गर्मी भने घटेको छैन ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १९:२०
प्रतिक्रिया दिनुहोस्