
काठमाडौं । काठमाडौं महानगरपालिका–२२, प्युखा कृष्णचोकस्थितबाट दुई करोड एक लाख ७८ हजार रकमबराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भइ काठमाडौं महानगरपालिका–२२ बस्ने ४३ वर्षीय हविवुल सेख, सोहीका ३९ वर्षीय सूर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय समिम सेख छन् ।
हविवुल सेखले मुन्ना जेम एन्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई जेठ २६ गते पक्राउ गरिएको जनाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।