विदेश

काठमाडौं । इरानको रकेट आक्रमणबाट मध्य इजरायलमा एक जनाको ज्यान गएको छ । अन्य २० भन्दा धेरै घाइते भएको सीएनएनले जनाएको छ ।
तेल अभिभको दक्षिणमा रहेको रिसोन लेजियोनमा इरानले रकेट प्रहार गरेको हो ।
घटनास्थलमा ठूलो संख्यामा स्वास्थ्यकर्मी पठाइएको थियो । त्यसक्रममा उनीहरूले व्यापक क्षति भएको पाएका थिए । धेरै मानिस भग्नावशेषमा फसेका थिए ।
"हामी अझै उद्धार तथा खोजीकार्यमै छौँ । भवनभित्र कुनै मान्छे फसेको/नफसेको सुनिश्चित गर्दै छौँ," आयलोन क्षेत्रको आपत्कालीन सेवाका उपनिर्देशक रामी मुसेरले भने ।
रोयटर्स समाचार एजेन्सीको भिडियोमा घरको क्षतिग्रस्त छत र दर्जनौं उद्धारकर्मी र सैन्य कर्मचारीहरू घटनास्थलमा देखाइएको छ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ १०:२४
प्रतिक्रिया दिनुहोस्