site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिम्रिक एयरले प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कसनको प्रक्रिया अघि बढ्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी कम्पनीको चुक्ता पुँजी बढाउन बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको छ । 

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव सभामा पेस गर्ने निर्णय गरेको हो । पछिल्लो समय वायुसेवा कम्पनीहरू पनि आईपीओ निष्कासन गर्न आकर्षित भएका छन् ।

प्रिमियम र बुकबिल्डिङ विधिबाट आईपीओ विवादित बनेपछि नेपाल धितोपत्र बोर्डले स्वीकृति रोकको छ । संघीय संसद्को अर्थ समितिले आईपीओ जारी गर्न लागेको कम्पनीको न्यूनतम खुदसम्पत्ति (नेटवर्थ) ९० रुपैयाँ र प्रिमियमा आईपीओ निष्कासन खुलाउन धितोपत्र बोर्डलाई गत शुक्रबार निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्