-1750244890.jpg)
काठमाडौं । फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ । अत्याधुनिक प्रविधिसहितको यो गाडी नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको बताइएको छ ।
चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको छ ।
टुनल्यान्ड जी७ उपभोक्ता लक्षित बनाइएकोले सडकमा उच्च प्रदर्शन क्षमताका साथै इन्टेलिजेन्ट टेक्नोलोजीको चाहना राख्दछन् । नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ ।
२२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ । हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछ । साथै, पुस–स्टार्ट इन्जिन बटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न मिल्छ ।
क्याबिनभित्र छिरेपछि १२.३ इन्चको इन्फिनिटी स्क्रिनले तपाईंलाई स्वागत गर्नेछ जसले नेभिगेसन र मनोरञ्जनमा सहजता ल्याउने पनि बताइएको छ ।