देश

काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना भारतीय महिला पक्राउ परेकी छन् । दुबईबाट बुधबार बिहान काठमाडौं आएकी भारतीय महिला खेमनीमीना सुर्जित सिंह पक्राउ परेकी हुन् ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार, उनको साथबाट प्रहरीले ११ सय ६० ग्राम सुन बरामद गरेको छ । विमानस्थल प्रहरीले आशंका लागेर जाँच गर्दा सुन भेटिएको हो ।
उनी एयर अरबियामार्फत काठमाडौं आएकी थिइन्। उनले लिक्युड बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ १३:४३
प्रतिक्रिया दिनुहोस्