site stats
बाह्रखरी :: Baahrakhari
देश
जनसेवा प्रहरीले प्रयोगमा ल्यायो अपराध अनुसन्धानमा प्रविधिसहितको ‘स्मार्ट भ्यान’

काठमाडौं । दुई महिनाअघिसम्म प्रहरी वृत्त जनसेवाको एक कुनामा कवाडको रूपमा थन्किएको थियो, एफ–एए–०२९० नम्बरको प्रहरीको टोयटा भ्यान । थुनुवा ओसार्न पनि मुस्किलले गुड्ने त्यही भ्यान मर्मतपछि भने ‘स्मार्ट भ्यान’का रूपमा प्रयोगमा आएको छ ।

प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी कृष्णकुमार चन्दले मर्मतपछि त्यही भ्यानलाई जघन्य अपराध र गम्भीर प्रकृतिको अनुसन्धानमा प्रयोग गर्न मिल्ने भ्यानका रूपमा प्रयोग गर्नेगरी मर्मत गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अत्याधुनिक प्रविधिजडित भ्यान काठमाडौं उपत्यकाका १४ वटा वृत्तमध्येमा यो मात्रै हो । जनसेवाबाहेक उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा मात्रै सोही प्रविधिजडित एउटामात्रै भ्यान छ ।

डीएसपी चन्दका अनुसार भ्यानमा हाल जनसेवाले मर्मत गरेको भ्यानमा विभत्स घटना हुँदा आवश्यक पर्ने सबै प्रकारका प्रविधि भ्यानमा जडान गरिएको छ ।
भ्यानमा किटबक्स, क्यामेरा, कम्प्युटर, प्रिन्टर, वायरलेस इन्टरनेट, सीसीटीभीलगायत प्रविधि जडान गरिएको छ ।

त्यो बाहेक विपद् व्यवस्थापाका लागि आवश्यक पर्ने अक्सिजनदेखि घाइतेको उद्धारका लागि स्टेचरसमेत राखिएको छ । यसरी नै भ्यानमा नयाँ शैलीको साइरनसमेत जडान गरिएको छ । उक्त भ्यान प्रहरी प्रधान कार्यालयले विसं. २०५९ सालमा जनसेवा प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

तर, जीर्ण अवस्थामा पुगेपछि भ्यान थन्किएको थियो । हाल मर्मतपछि भने विभिन्न सात प्रकारको अपराध अनुसन्धान गर्न आवश्यक पर्ने प्रविधि जडान गरिएको छ ।

जनसेवा प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुर्‍याउन आधुकिन प्रविधिजडित भ्यान प्रयोगमा ल्याएको भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले डीएसपी चन्दलाई पुरस्कृतसमेत गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्