विदेश

काठमाडौं । इजरायली सेनाले आक्रमणको छैटौँ दिन इरानको युरेनियम सेन्ट्रिफ्युज उत्पादन साइट र हतियार निर्माण गर्ने धेरै स्थानमा आक्रमण गरेको दाबी गरेको छ ।
सेन्ट्रिफ्युज युरेनियम सम्बर्धन गर्न प्रयोग हुने मेसिन हो ।
इजरायली सेनाले एक विज्ञप्तिमार्फत ५० भन्दा बढी विमानबाट तेहरानको एक सेन्ट्रिफ्युज उत्पादन सुविधा र धेरै हतियार निर्माण केन्द्रमा आक्रमण गरिएको बताएको छ ।
उनीहरूको भनाइमा यी सुविधामा सतहबाट–सतहमा प्रहार गर्ने मिसाइल जोड्न प्रयोग हुने कच्चा पदार्थ र अन्य सामग्री उत्पादन हुने गर्छ ।
बीबीसीबाट ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ १५:३५
प्रतिक्रिया दिनुहोस्