site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । माओवादीको अवरोधका कारण शुक्रबार सभामुख कृष्णप्रसाद धितालले  ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सडक ऐनअनुसार सडकको मर्मतका लागि बजेट नछुट्याइएको भन्दै माओवादीले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाहेक माओवादीले नीति तथा कार्यक्रम र बजेटमा 'जनयुद्ध' शब्द हटाइएको र 'जनयुद्ध'मा सहिद परिवारले पाउने सेवासुविधा कटौती गरेको बताउँदै आएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य बनेका रेशमबहादुर जुग्जालीले भने, “सहिद, बेपत्ता, घाइते, अपांग र उहाँहरूको परिवारलाई न त नीति कार्यक्रमले सम्बोधन गर्‍यो, न त बजेट वक्तव्यले । आर्थिक विधेयकले त राज्यबाट पाइने सुविधा समेत कटौती गर्‍यो । निरन्तर हिसाबले यो कुराहरू राख्दै आयौँ । नीति कार्यक्रममा न्यायिक बजेट वितरणको कुरा गरेको थियो, हामीले रेड बुक हेर्दा कहिँ पनि देखिएन ।”

सडक ऐनमा पास भएअनुसार सडक मर्मतको व्यवस्था नगरिएको माओवादीको आरोप छ । “हामीले सडक ऐन पास गर्‍यौँ, ऐनमा सडकमा छुट्टिएको पुँजीगत बजेटको ३ प्रतिशत बजेट मर्मत सम्भारमा राख्ने भनेको थियो । त्यसलाई लत्त्याएर ऐनमा पास गरेको कुरा बजेटले बोलेको छैन । अर्थ मन्त्रालयले सम्बोधन नगरेसम्म यो सदन चल्न सक्दैन,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्