site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजी क्षेत्रले व्यापार गर्न सक्ने व्यवस्था गरेर मात्र ‘टेक एन्ड पे’मा जानुपर्छ : बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक फिर्ता लिइए ठूलो संकट निम्तने बताएका छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सरकारले जलस्रोत विधेयकजस्तो विद्युत् विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने उनले उल्लेख गरे । उनले सरकार विधेयक र कानुन निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए ।

“प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ,” उनले भने, “सरकारको जवाफदेहिताको बारेमा त योभन्दा थप कुरा के भन्नु !”

निजामती ऐन छिटो संसद्बाट पारित गरिनुपर्नेमा उनले जोड दिए ।

सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्न सक्ने कानुनी व्यवस्था नगरी ‘टेक एन्ड पे’मा जाँदा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको योजना लथालिंग हुने बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्