देश

काठमाडौं । बर्दियामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–८, थानफेनाका १९ वर्षीय वसन्त बिसी छन् । उनी बारबर्दिया–१०, बैदीमा डेरा गरी बस्दै आएका थिए ।
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (असार ७) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
बलात्कारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १४:१७
प्रतिक्रिया दिनुहोस्