site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरको  १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनसहभागिताबाट पाँच करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट  तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको सभामा जानकारी दिइयो । 

बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताए । आगामी आर्थिक वर्षको बजेटले  बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको सभामा जानकारी दिइयो । अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न ६० करोड, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि नौ करोड विनियोजन गरिएको अधिकारीले बताए । 

शिक्षा र स्वास्थ्य : गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि १० करोड ५० लाख रुपैयाँ, स्वास्थ्य सेवातर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरंग टिकटसहित स्वास्थ्य सेवा सुधारका लागि तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । 

सामाजिक विकास र रोजगारी : ‘छोरीहरूको लागि बाल उमंग जीवन बिमा’ कार्यक्रम, खेलकुद क्षेत्रको विकासका लागि बजेट, उद्यमशिलता विकास र रोजगारी सिर्जना, वातावरण सरसफाइ, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमलाई उच्च प्रथामिकतामा राखेर काम गरिएको सभामा उपप्रमुख अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्